ओम डेभलपमेन्ट बैंकको नाफा ४६ प्रतिशतले बढ्यो



काठमाडौं । पोखरा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले ४६ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ४३ करोड ३४ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकको नाफा २९ करोड ६५ लाख थियो ।

मनास्लु विकास बैंकलाई गत आर्थिक वर्षमा गाभेको ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड छ । असार मसान्तसम्ममा बैंकले १६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १४ अर्ब रुपैयाँले विस्तार गरेको छ ।

बैंकले ब्याज आम्दानीबाट ८७ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीबाट ४४ करोड रुपैयाँ कमाएको थियो ।


क्लिकमान्डु