नेप्से परिसूचक ९.४१ अंकले बढ्यो,एक अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ९.४१ अंकले बढेको छ ।

आइतबार घटेको नेप्से परिसूचक सोमबार भने बढेको हो । नेप्से परिसूचक सोमबारको कारोबारबाट १६५२.६९ बिन्दुमा पुगेको छ ।

समुहगत परिसूचकमा बीमा बाहेक सबै परिसूचक उकालो लागेको छ । नेप्सेमा सोमबार १ सय ५५ कम्पनीको सेयर कारोबार भएको छ ।

कारोबार रकमको आधारमा सानिमा बैंक ४ करोड रुपैयाँको सेयर कारोबारले अगाडि छ । यस्तै सोमबार कमाउने नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता छन् । गुमाउने लगानीकर्तामा कावेली विकास बैंकका लगानीकर्ता रहेका छन् ।

 


क्लिकमान्डु