छहरे–टोखा सडक अवरुद्ध



नुवाकोट। नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो । गएरातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले हटाउन शुरु गरेपछि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताए । सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।

सडक अवरुद्ध भएका कारण काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँ आइरहेका सवारीसाधन अलपत्र परेका छन् ।


क्लिकमान्डु