एनआईसीले मनायो स्थापना दिवस,३ वर्ष भित्रमा शाखा संख्या ३०० पुर्याउने



काठमाडौं । एनआईसी एशिया बैंकले   आफ्नो सेवाको १९ बर्ष पार गरी २०  वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष  जगदिश प्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब  ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा स्थापना भएको बैंक अहिले ८ अर्ब चुक्ता पुँजीमा पुगेको जानकारी दिए । बैंकले आइएसओ ९००२ः२००८ प्राप्त गरेको छ ।

बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका डिजिटल सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत उनले जानकारी दिए ।

साथै, बैंक स्थापना कालमा एक सय रुपैयाँको १ सेयर हुने व्यक्तिसँग अहिले ३ हजार ४ सय ९० रुपैयाँ मुनाफा हुने अवस्था रहेको जानकारी दिएको छ । बैंकले डिजिटल बैकिङ अन्तर्गत क्यासलेस कारोबार आधार तय गरेको जानकारी दिइएको छ ।

सोही कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा टेलिभिजन कमर्शलियल भिडियो पनि सार्वजनि गरेको छ ।

कार्यक्रममा बोल्दै बैंकका ब्राण्ड एम्बेस्डर मनिषा कोइरालाले बैंकको ग्राहक मैत्रि सेवा भएको बताइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  लक्ष्मण रिसाले ३ बर्ष अगाडिनै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए । उनले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र ए टि एम संख्या १००० पु¥याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढेको बताए ।


क्लिकमान्डु