एनएमबी बैंकले बढायो ३५ प्रतिशत नाफा



काठमाडौं । एनएमबी बैंकले गत आर्थिक बर्षमा ३५.५४ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले गत बर्ष १ अर्ब ५१ करोड रुपैंयाँ खुल नाफा कमाएको छ । बैंकले प्रति सेयर आम्दानीलाई २३.३९ रुपैंयाँमा राख्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय बिवरणका अनुसार सञ्चालन नाफा ५९.८५ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैंयाँ पुगेको छ । बैंकले गत बर्ष ७३ अर्ब २२ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ६१ अर्ब २१ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । बैंकले २ अर्ब ५६ करोड रुपैंयाँ ब्याज आम्दानी गरेको छ । यो भनेको गत बर्षको भन्दा २७.५६ प्रतिशतले बढि हो ।

बैंकले खराब कर्जालाई पनि थोरैले घटाएर १.६६ प्रतिशतमा झार्न सफल भएको छ । गत बर्ष खराब कर्जा १.८१ प्रतिशत थियो ।

बैंकको हाल ६ अर्ब ४६ करोड रुपैंयाँ चुक्ता पुँजी छ । १ करोड १४ लाख कित्ता एफपिओ बिक्री पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैंयाँ पुग्नेछ ।

 


क्लिकमान्डु