महालक्ष्मी विकास बैंकको संचालन मुनाफा १ अर्ब १० करोड



काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा कमाएको छ ।

साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर असार १८ देखि एकीकृत कारोबार सुरु भएको थियो ।

असार मसान्त सम्ममा २५ अर्ब १३ करोड निक्षेप संकलन गरी २० अर्ब ७२ करोड कर्जा प्रवाह गरि सकेको छ । यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । बैंक २ अर्ब ६३ करोड रहेको छ ।


क्लिकमान्डु