पोखरामा तिज विशेष हस्तकला व्यापार मेला हुने




पोखरा । पोखरामा भदौ २ गते चौथो जननी तिज विषेश हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । आर्थिक समृद्धिका लागि उद्यमशीलतासँगै प्रजनन स्वास्थ्यमा महिला अधिकार भन्ने नाराका साथ रेडियो जननी ९०.६ ले हस्तकला व्यापार मेला–२०७४ पोखराको सभागृहमा आयोजना गर्न लागेको हो ।

मेलामा स्वास्थ्य सम्बन्धी स्टल, हस्तकला सम्बन्धी सामाग्रीको बिक्रि तथा प्रर्दशनी हुनेछ । साथै, प्रजनन स्वास्थ्य सम्बन्धी फोटो प्रर्दशनी, उद्यमशिलता र महिला प्रजनन् स्वास्थ्य अधिकार, लिङ्ग पहिचान गरी गर्भपतन नगरौं र पोखरा महानगरपालिका बालमैत्री शहरको रुपमा बिकास गरौ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ सन्देशमूलक खुल्ला तिज गित प्रतियोगिता आयोजन गरिनेछ ।

तिज विशेष सामाग्रीको बिक्रि तथा प्रर्दशनी, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाकारी दिएका छन् ।

सामुहिक तिज गित तर्फ प्रथम हुनेलाई २१ हजार रुपैयाँ, द्धितियलाई १५ हजार रुपैयाँ र तृतियलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र दिइने छ । त्यस्तै उत्कृष्ट नृत्य र भेषभुषालाई क्रमश ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिने अर्थ संयोजक गंगा मरासिनीले बताए ।


पुष्प दुलाल