दश हजार घुस लिदालिदै स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम पक्राउ



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ‘, कोइरालाले भने । रासस


पुष्प दुलाल