काँग्रेसका छ जना कारबाहीमा



पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिए।

कारबाहीमा पर्नेमा माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उgकf] प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् । उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताए । रासस


पुष्प दुलाल