सेयर बजारमा यो साता ४ अर्बको कारोबार



काठमाडौं । धितोपत्र बजारमा यस साता ४ अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको सेयर कारोबार भएको छ ।

कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

यससाता कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको ४ चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता सेयर खरिद बिक्री भएका थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । कम्पनीको २८ करोड ३४ लाख ४० हजार बराबरको सेयर कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा छ । सो फण्डको सात लाख १८ हजार युनिट कारोबार कारोबार भएको छ ।
यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, विकास ऋणपत्र २०८० र सिभिल बैंक लिमिटेडको बोनस सेयर कारोबारका लागि स्टकमा सूचीकृत भएको छ ।


क्लिकमान्डु