स्थानीय तहले आफूखुसी कर लगाउन नपाउने



काठमाडौं । स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् । स्थानीय तहमा लगाइने करमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतका बस्तुगत संघका साथै स्थानीय संघहरुको समेत सहमति लिनुपर्ने भएको छ ।

स्थानीय तहमा करका दर तथा करका नयाँ क्षेत्र पहिचान गर्दा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ अन्तरगतका निकायको सहमती र संलग्नता अनिवार्य गरिएको छ ।

शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीय तहमा गरिने सबै क्रियाकलापमा सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।

मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ र महासंघका अध्यक्ष भवानी राणाले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्तो समझदारीपछि निजी क्षेत्रले स्थानीय तहमा गएर काम गर्ने मौका पाएको महासंघका अध्यक्ष राणाले बताइन् ।

‘गाउस्तरदेखि जिल्लास्तरसम्मको आर्थिक सामाजिक रुपान्तरणमा सहभागी हुने मौका पाएका छौं, देश विकासमा सहभागी हुने मौका पाएकोमा समग्र निजी क्षेत्र खुसी छ,’ हस्तारक्षर कार्यक्रमपछि महासंघ अध्यक्ष राणाले भनिन् ।

महासंघसंघको सहकार्य ऐतिहासिक र महत्वपूर्ण रहेको मन्त्रालयका सचिब दिनेश थपलियाले बताए ।

‘उद्योग बाणिज्य क्षेत्रको बिकासबिना कुनै पनि क्षेत्रको विकास सम्भव छैन, उद्योग बाणिज्य क्षेत्रसँगको सहकार्यबाट मात्रै स्थानीय तह अगाडि बढ्न सक्छ, यसैकारण यो समझदारी ऐतिहासिक र महत्वपूर्ण छ,’ सचिब थपलियाले भने ।

महासंघ र मन्त्रालयबीच १५ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीको पहिलो बुदामा स्थानीय तहमा बार्षिक योजना, कार्यक्रम र बजेट तर्जुमा, राजस्व परामर्श समिति लगायत विभिन्न समिति, उपसमिति, मन्च, कार्यदलहरुमा निजी क्षेत्रको प्रतिनिधित्व, सहभागिता गराउँदा नेउवा महासंघ अन्तरगतका जिल्ला, नगर उद्योग बाणिज्य संघ, इकाईको प्रतिनिधित्व हुने ब्यवस्थाका लागि संयुक्त पहल गरिने उल्लेख छ ।

यस्तै दोस्रो बुदामा उद्योग ब्यवसाय क्षेत्रको लागि आवश्यक कच्चा पदार्थ तथा उत्पादित सामाग्रीहरुको बिना झन्झट निर्वाध रुपमा आवागमनको लागि सहजीकरण गर्ने कार्यमा सम्बन्धित स्थानीय तह र जिल्ला नगर उद्योग बाणिज्य संघ इकाइको आपसी सहयोग गर्ने गराउने भनिएको छ ।

उद्योगधन्दाको प्रबद्र्धन र विकास निर्माणमा आवश्यक पर्ने प्राकृर्तिक साधन र स्रोतको समुचित प्रयोगमा नेउवा महासंघका जिल्ला नगर उद्योग बाणिज्य संघ, इकाइसँग आपसी सहयोग प्रबद्र्धन गर्ने भन्ने विषय ३ नम्बर बुदामा उल्लेख छ ।


क्लिकमान्डु