हिमालयन पावर पार्टनरमा सदर आवेदक सबैले पाए न्यूनतम १० कित्ता



काठमाडौं । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण सेयर(आइपिओ)मा सदर आवेदक सबैले न्यूनतम १० कित्ता सेयर पाएका छन् ।

धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार आवेदक १० कित्ता दरले सेयर पाएका छन् ।

निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका १ लाख ६३ हजार ७३७ जनाले १० कित्ता सेयर
पाएका छन् । १२ सय ६४ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गरेपछि बाँकी रहेको सेयर गोलाप्रथाबाट बाडफाँड गरिएको थियो ।

यसरी गोलाप्रथाबाट ३४ हजार ४ सय ३० जनाले थप १० कित्ता सेयर पाए । यसरी बाँकी हुँदा पाँच जना लगानीकर्ताले थप १ कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता एक सय बराबर २१ लाख ३० हजार ४३० कित्ता सेयर निष्कासन गरेको थियो।


क्लिकमान्डु