मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद जारी गर्न अनुमति



काठमडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्ने छ ।

राष्ट्रिय स्तरको विकास बैंकले साढे २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले बोनस सेयर दिएपछि पुर्याउने छ ।


क्लिकमान्डु