आगलागीबाट तीन लाखको क्षति



लहान । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताए छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, चिउरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गरे। रासस


पुष्प दुलाल