व्यवसाय गर्नेलाई पोखरा महानगरले पनि थपिदियो करको भार (सूचिसहित)



काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले पनि व्यवसाय गर्नेलाई करको भार थपिदिएको छ ।

पोखरा महानगरले काठमाडौं महानगरले जस्तो करमा बृद्धि नगरेपनि आर्थिक वर्ष २०७४/७५ मा सबै खाले व्यवसायमा करको दरमा बृद्धिमा गरेको छ । केही दायरामा पनि बढाएको छ ।

पोखरा महानगरले कवाडी देखि पाँच तारे सबै व्यवसायको कर बढाएको हो ।

महानगरले महोत्सव भित्र राखिने रमाइलो मेलाबाट ५ हजार कर लगाउने गरी केही क्षेत्रमा दायरा बढाएको छ । यस्तै टेलिकम तथा रेडियोले पनि पोखरा महानगरपालिका भित्र थप कर तिर्नुपर्छ ।

महानगरले पहिलो पटक मोबाइल टावर र रेडियो टावरलाई करको दायरामा ल्याएको छ ।

पहिलो पटक टेलिकम टावर राख्दा १० हजार शुल्क तिनुपर्छ यस्तै नविकरण शुल्क ५ हजार तोकिएको छ । रेडियोको पनि टावरले पहिलो पटक ५ हजार र नविकरण २ हजार तिनुपर्छ ।

पोखराको आकर्षक मानिएको प्याराग्लाइडिङ,अल्ट्रालाइट,बन्जी जमको अनुमति दस्तुर १ लाख तोकिएको छ ।

पोखरा महानगरभित्र कुन व्यवसाय गर्न कति कर तिर्नुपर्ने ? जान्न यो लिंकमा क्लिक गर्नुहोस्


पुष्प दुलाल