फस्र्ट माइक्रोफाइनान्सले बढायो नाफा



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ४७.१९ प्रतिशतले खुद नाफा बढाएको छ ।

आज अपरिष्कृत वित्तीय बिवरण प्रकाशित गर्दै कम्पनीले गत आर्थिक बर्षमा ८ करोड २ लाख रुपैंयाँ खुद नाफा कमाएको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ५ करोड ४५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

सोहि समयमा कम्पनीले बचत संकलन १७.८३ प्रतिशत र कर्जा प्रवाह ३०.३१ प्रतिशतले बढाएको छ ।

कम्पनीको कुल ब्याज आम्दानी ४२.३९ प्रतिशतले बढ्दा १२ करोड ९३ लाख रुपैंयाँ पुगेको छ । कम्पनीे खराब कर्जा शुन्य प्रतिशतमा राख्न सफल भएको छ भने प्रति सेयर आम्दानी २०.२९ रुपैंयाँ रहेको छ ।

 


क्लिकमान्डु