क्यासिनोमा करः काठमाडौंभन्दा पोखरा २० गुणा सस्तो



काठमाडौं । काठमाडौैंसहित ३ वटा महानगरपालिकाले पर्यटन उद्योगलाई लाग्ने करको दायरा बढाएका छन् । काठमाडौैं, विराटनगर र पोखरा महानगरपालिकाले पर्यटन क्षेत्रको उद्योगमा बार्षिक करको दायरा बढाउने भएका छन् ।

महानगरपालिकामध्ये काठमाडौंले सवैभन्दा बढी पर्यटन उद्योगमा करको दायरा बढाएको छ ।

काठमाडौं महानगरपालिकाभित्र संचालित क्यासिनोले बार्षिक १० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ । विराटनगर महानगरपालिकाले क्यासिनोसंग बार्षिक ७५ हजार रुपैयाँ कर उठाउने भएको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाले क्यासिनोलाई ५७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

काठमाडौंमा कति ?

काठमाडौं महानगरपालिका भित्र संचालित पाँच तारे होटलले बार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

चार तारे होटलले ४० हजार रुपैयाँ, तीन तारेले ३० हजार रुपैयाँ दुई तारे होटल २० हजार रुपैयँ, एक तारे होटलले १० हजार रुपैयाँ तथा पर्यटक स्तरका ननतारे होटलहरुले ३ हजारदेखि ५ हजार रुपैयाँ तोकिएको छ । रेष्टुरेन्ट एण्ड बारको ३ हजारदेखि ५ हजार रुपैयाँ तोकिएको छ ।

रेष्टुरेन्ट एण्ड बार डान्स, दोहोरी, बहुतल्ले, सहितले ५ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँ सम्म तोकिएको छ । ङ्कास्ट ङ्कुड पसलको १ हजार ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म तोकिएको छ ।

बेकरी क्याफेको पनि १ हजार ५ सयदेखि ५ हजार रुपैयाँ तोएिको छ । त्यस्तैगरी लजगेष्ट हाउसको ३ हजार, ट्रेकिङ एजेन्सीको ३ हजार रुपैयाँ, ¥याफ्टिङको ३ हजार रुपैयाँ, सफारीको ३ हजार अश्वारोहण ३ हजार, टे«किङ सामान सम्बन्धी पसलको ३ हजार, पर्यटक ३ हजार, आवासको ३ हजार, रिसोर्ट ३ हजार, ट्राभल एजेन्सीको १० हजार रुपैयाँ तोकिएको छ ।

स्कीइङ ३ हजार, ग्लाइडिङ ३ हजार रुपैयाँ, वाटर र्याफ्टिङ ३ हजार, पोनी ट्रेकिङ ३ हजार, प्यारा ग्लाइडिङ कम्पनीले ३ हजार रुपैयाँ तोकिएको छ ।

पोखरामा कति ?

पोखरा महानगरपालिकाले पाँच तारे होटलले बार्षिक २८ हजार ७ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । चार तारे होटलले १७ हजार २ सय ५० रुपैयाँ, तीन तारेले ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

दुई तारे होटल ९ हजार सय रुपैयाँ, एक तारे होटलले ६ हजार ९ सय रुपैयाँ तथा पर्यटक स्तरका ननतारे होटलहरुले २ हजार ३ सय रुपैयाँ देखि ४ हजार हजार रुपैयाँ सम्म तोकिएको छ ।

रेष्टुरेन्ट एण्ड बारको ९ सय २० रुपैयाँ देखि ३ हजार ४ सय ५० रुपैयाँ सम्म तोकिएको छ । ट्रेकिङ एजेन्सी तथा ट्राभल एजेन्सीलाई पनि ३ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

बिराटनगमा कति ?

बिराटनगर महानगरपालिकाले भने पर्यटन क्षेत्रमा पनि चुक्ता पुँजीका आधारमा कर तोकेको छ । २ लाख रुपैयाँसम्म पुँजी लगानी भएका पर्यटन उद्योगले २ सय रुपैयाँ तिर्नुपर्ने छ ।

त्यसैगरी, २ लाखदेखि ५ लाख रुपैयाँ सम्म पुँजी भएकाले ३ हजार रुपैयाँ, ५ लाख देखि २० लाखसम्म पुँजी भएकाले ६ हजार २० लाख रुपैयाँभन्दा माथि पुँजी भएको पर्यटन व्यवसायले १५ हजार रुपैयाँ कर तिर्नुपर्छ । त्यसैगरी, क्यासिनोले ७५ हजार र लोक दोहोरी तथा डान्स बारले ६ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।


पुष्प दुलाल