नेप्से परिसूचक १६ सय अंक नाघ्यो, अाजै दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारले छर्लाङ मारेको हो ।

सोमबार बैंकिङ २१.८३, होटल २६.९३, बिकास बैंक २९.५७, जलबिद्युत ९.१८, बित्त ५.२३, बीमा ९५.३५, उत्पादन २७.०४ र अन्य १.१६ अंकले बढेको छ ।

१५४ कम्पनीको कारोबार भएको बजारमा २० लाख १२ हजार कित्ता सेयर ६९ करोड ४३ लाख रुपैंयाँ बराबरमा किनबेच भए ।

सबैभन्दा बढि फर्वाड माइक्रोफाइनान्सको सेयर खरिद बिक्री भएको छ । कम्पनीको ४ करोड ८९ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफको ३ करोड ४८ लाख रुपैंयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढि हिमालयन डिस्टिलरीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । दोस्रोमा, नेशनल माइक्रोफाइनान्सको ८.१४ र तेस्रोमा फरर्वाड माइक्रोफाइनान्सको ७.४० प्रतिशतले सेयर मुल्य बढेको छ ।

सोमबार कुबेर मर्चेन्टका लगानीकर्ताले सबैभन्दा बढि ६ प्रतिशतले गुमाएका छन् ।

 


क्लिकमान्डु