सवारीसाधनलाई काठमाडौं महानगरले लगायो छुट्टै कर, अब कुन सवारीले कति कर तिर्नुपर्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन बार्षिक कर उठाउने भएको छ । महानगरपालिकाले ईन्जीनबाट चल्नेजुनसुकै सवारी साधनमा कर लगाउने भएको हो ।

महानगरभित्र वार्षिक ४ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म सवारी अनुसार सवारी कर लाग्ने भएको हो ।

साइकल, दुई पाङ्गे्र मोटर साइकल, स्कुटर वा यस्तै सवारी साधनको वार्षिक ४ सय रुपैयाँ तोकेको छ । त्यस्तैगरी कार, जीप, भ्यान वा यस्तै चार पाङ्गेसवारी साधनको वार्षिक १ हजार तोकेको छ ।

त्यस्तै टेम्पु र ट्याक्टर वा यस्तै सवारी साधनको वार्षिक १ हजार रुपैयाँ तोकेको छ भने मिनि बस, मिनि ट्रक वा यस्तै चार पाङ्गे सवारी साधनले महानगरले वार्षिक २ हजार रुपैयाँ तिनुपर्ने भएको छ ।

ठुला बस, ट्रक वा चार पाङ्गे सवारी साधनको वार्षिक ३ हजार रुपैयाँ तोकेको छ । हेभी गाडी, डोजर क्रेन वा यस्तै सवारी साधनको वार्षिक ४ हजार रुपैयाँ तोकेको छ ।

अन्य सवारी साधनकाको वार्षिक १ हजार विधुतीय उर्जाबाट र कृषि कार्यमा सञ्चालन हुने सवारी साधनका हकमा उक्तमा तोकीएको दरको पचास प्रतिशत छुट हुने भएको छ ।

महानगरपालिले पहिले पनि सवारी कर तोकेपनि कसरी लिने भन्ने अन्योलताले उठाउन सकेको थिएन ।

सवारी दर्ता अञ्चल कार्यलयमा हुने भएकोले महानगरपालिकालाई सवारी कर उठाउन भने अन्योलता रहने छ । राज्यका नियकायहरुबीच आवश्यक समन्वय नगरी स्थानीय तहले मनलाग्दी करको दर तोक्दा सवारीधनीहरु मारमा पर्ने देखिन्छ ।


पुष्प दुलाल