काठमाडौं महानगरमा बैंक र बीमालाई थपियो करको भार (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई करको भार थपिदिएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ को लागि नयाँ करको दर सार्वजनिक गरेको हो । जस अनुसार महानगरमा केन्द्रीय कार्यालय रहने वाणिज्य बैंकले ७५ हजार कर तिनुपर्छ । वाणिज्य बैंकको शाखाको हकमा ४० हजार रुपैयाँ कर रकम रहेको छ ।

विकास बैंकको केन्द्रीय कार्यालयले ४० हजार तथा शाखा कार्यालयलाई २५ हजार तोकिएको छ ।

यस्तै बीमा कम्पनीको केन्द्रीय कार्यालयलाई ५० हजार र बीमा शाखा कार्यालयलाई ४० हजार तोकिएको छ । अधिकाशं बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं केन्द्रीत छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेका स्थानीय तहमा सरकार र केन्द्रीय बैंकले शाखा लैजान प्रोत्साहनको नीति लिएका छन् । अत्याधिक शाखा काठमाडौंमा भएपछि महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय खोल्ने संस्थालाई कर लगाएर आम्दानीको बाटो निकालेको छ ।


क्लिकमान्डु