आजदेखि बिपी-राजमार्गमा साँझ ६ बजेदेखि गाडी नचल्ने



 

काठमाडौं । बिपी-राजमार्गमा आज (आइतबार)देखि राति सवारी चलाउन रोक लगाइएको छ । बिपी-राजमार्गको भिमान-नेपालथोक सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो ।

बिपी-राजमार्गमा रात्रीकालन समयका दुर्घटना र अनाधिकृत सवारी साधन चल्ने गरेकाले साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइन लागेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

‘बिपी-राजमार्गको भौगोलिक बनावट रातिको समयमा सवारी चलाउन उपयुक्त छैन्, रातिको समयमा सडक दुर्घटना र अनाधिकृत सवारी साधन चल्ने भएकाले रोक लगाउनु परेको हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि बिपी-राजमार्गमा रातिको समयमा सवारी साधान चलाउन रोक्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र जारी गरेर निर्देशन दिएको थियो ।

सोहि निर्देशन अनुसार सो सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सावरी साधन चलाउन रोक लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस अघि सो खण्डमा राति ८ बजेसम्म सवारी संचालन हुँदै आएको थियो ।


पुष्प दुलाल