काठमाडौं महानगरपालिकाको बजेट पौने ११ अर्ब
काठमाडौं । काठमाडौं महानगरपालिका लागि १० अर्ब ७८ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।
संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ ४ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ, गैरकरतर्फ २ अर्ब १२ करोड रुपैयाँ गरी हुन आउने ६ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ, आन्तरिक आम्दानी अनुदान ३ अर्ब १६ करोड ८२ लाख रुर्पयाँ (यसमा समानीकरणर-शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ ।
यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।
त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । रासस