हाइप्रोफाइल व्यक्ति र परिवारमाथि राष्ट्र बैंकको निगरानी



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दलका नेता तथा उच्च अधिकारीहरुको आफन्तको खाता निगरानीमा राख्न निर्देशन दिएको छ ।

सम्पत्ती शुद्धिकरण निवारण ऐन अनुसार राष्ट्र बैंकले शुक्रवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै उच्च अधिकारी सहित तिनका आफन्तको खाता निगरानीमा राख्न भनेको हो ।

उच्च पदस्त अधिकारीको निगरानी राख्नको लागि बैंक तथा वित्तीय संस्थाले सामाजिक संजालको पनि सहयोग लिन सक्ने छन् ।

राष्ट्र बैंकले उच्च पदस्त व्यक्तिको परिवारको बैंक खाताको निगरानी पदबाट अवकास पाएको ५ वर्षसम्म गर्नुपर्ने भनेको छ ।

निर्देशन अनुसार बैंकहरुले अब ग्राहकको रेटिङ गराउनुपर्ने छ । राष्ट्र बैंकको निर्देशनमा विद्युती माध्यमबाट कारोबार गर्ने, उच्च नेटवर्क भएको, सम्पति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानीको आधारमा ग्राहको रेटिङ गराउनुपर्ने छ ।

राष्ट्र बैंकले एक दिनमा पटक पटक गरेर १० लाख रुपैयाँको कारोबार गरेमा त्यसको जानकारी गराउन भनेको छ । १० लाखभन्दा बढी निक्षेप जम्म गर्न आएमा त्यसको स्रोतको जानकारी लिनुपर्ने उल्लेख गरेको छ ।

 


क्लिकमान्डु