विदुर नगरपालिकाको बजेट ५७ करोड



नुवाकोट । विदुर नगरपालिकको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट पारित गरिएको छ । नगर उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय रु एक करोड, सशर्त अनुदान रु १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान रु एक करोड, राजिष्ट्रेसन दस्तुर रु ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम रु सात करोड ५० लाख, लगत सहभागिता रु एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ । रासस


पुष्प दुलाल