सेञ्चुरी बैंकको १ करोड ८८ लाख कित्ता सेयर साउन १६ गतेदेखि बिक्री खुल्ला



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयर साउन १६ गतेदेखि जारी गर्ने भएको छ । बैंकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले १०० रुपैयाँ मुल्य अंकित १ करोड ८८ लाख ५४ हजार हकप्रद जारी गर्ने भएको हो । असार २६ गतेसम्म बुक क्लोज भएका सेयर धनीले हकप्रद भर्न सक्नेछन् ।

भदौ १८ गतेसम्म हकप्रद खुल्ला हुने बिक्री प्रबन्ध सिभिल क्यापिटल मार्केटले जनाएको छ । हाल सेञ्चुरी बैंकको सेयर प्रति कित्ता २ सय ९० रुपैयाँमा बिक्री भईरहेको नेप्सेले जनाएको छ ।

बैंकको चुक्त पुँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार रुपैयाँ छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्त पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु