आजदेखि कञ्चन र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्री खुल्ला



काठमाडौं । कञ्चन र सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बितरण गर्ने भनिएको हकप्रद आज शुक्रबारबाट बिक्री खुल्ला गरेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिर्दैछ भने, सप्तकोशी डेभलपमेन्ट बैंकले १ कित्ता बराबर १.३ को अनुपातमा हकप्रद बिक्री गर्ने छ ।

दुबै बैंकको हकप्रद भर्ने अन्तिम मिति भाद्र १ गते रहेको छ ।

कञ्चनको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ भने, सप्तकोशीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु