एक वर्षमा नेप्से परिसूचक १३५.४८ अंकले घट्यो



काठमाडौं । एक वर्ष अगाडि आर्थिक वर्ष २०७२/७३ को अन्तिम दिन नेप्से परिसूचक १७१८.१५ बिन्दुमा पुगेर आर्थिक वर्षलाई बिदाई गरेको थियो ।

एकवर्षपछि आजको दिन आर्थिक वर्ष २०७३/ ७४ को अन्तिम दिन नेप्से परिसूचक ४.८९ अंकले घटेर १५८२.६७ बिन्दुमा आएर बन्द भएको छ ।

एकवर्षको अवधीमा नेप्सेले परिसूचक १३५.४८ बिन्दुले घटेको छ । शनिवारदेखि सकिन लागेको चालु आर्थिक वर्षमा नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेपनि त्यसपछि भने परिसूचक ओरालो लाग्यो । बजारमा एकवर्ष कहिले परिसूचक बढ्ने त कहिले अत्याधिक घट्ने ट्रेण्ड देखियो ।

बैंकमा ब्याजदर बढ्न थालेपछि सेयर बजार घट्न लागेको हो ।

आर्थिक वर्षको अन्तिम दिन अन्य समूह बाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ ।

७४ करोड ६४ लाखको कारोबार भएको अन्तिम दिन १५० कम्पनीको सेयर किनबेच भएको छ ।

 


क्लिकमान्डु