आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहदा एनसीसीले गर्यो ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)ले आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहदा ५० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको छ ।

एनसीसीको अहिले चुक्ता पुँजी ४ अर्ब ६७ करोड छ ।

संचालनमा रहेका वाणिज्य बैंकमा एनसीसीको चुक्ता पुँजी सबैभन्दा कम थियो । अदालतमा मुद्दा परेको कारण एनसीसीले यस अघि प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न पाएको थिएन ।
एनसीसीले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गर्न भदौ १६ मा साधारणसभा बोलाएको छ ।

राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउने समय भोलि अन्तिम दिन हो । तर,चुक्ता पुँजी बढाउनको लागि प्रक्रिया सुरु गरेमा गरेमा कुनै कारवाही हुँदैन । ८ अर्ब चुक्ता पुँजीमा यो आर्थिक वर्षमा कमाइने नाफाबाट दिइने लाभांश जोड्न पाइन्छ ।


क्लिकमान्डु