हाम्रो विकास बैंकको ४ लाख ५० हजार कित्ता सेयर लिलामी साउन ५ गतेबाट



काठमाडौं । हाम्रो विकास बैंकको हकप्रदमा आबेदन नपरेको सेयरहरु बैंकले साउन ५ गतेबाट लिलाम बिक्री गर्ने भएको छ । बैंकले जेठ ७ गते देखि असार ११ गतेसम्म हकप्रद सेयर निस्काशन बिक्री खुल्ला गरेको थियो ।

आबेदन नपरेको संस्थापक सेयर ३ लाख ९१ हजार ६ यस ३६ कित्ता र सर्बसाधारण समुहको ५९ हजार ४ सय ८४ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले एनआइबीएल क्यापिटलबाट १०० रुपैयाँ तिरी फारम खरिद गर्न सक्ने छन् । आफुले कबुल गर्न लागेको सेयर संख्या र रकम खुलाई शिलबन्दी बोलपत्र भर्नु पर्ने छ । इच्छुक लगानीकर्ताले साउन १२ गतेसम्ममा निबेदन दिन सक्ने छन् ।


क्लिकमान्डु