बैंकले अबदेखि १० लाख रुपैयाँभन्दा बढीको भुक्तानी नगदमा नदिने



काठमाडौं । अबदेखि १० लाख रुपैयाँभन्दा बढीको भुक्तानी नगदमा नहुँने भएको छ । सरकारले १० लाखभन्दा बढीको कारोवार अनिवार्य चेक मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

जस अनुसार बैंक तथा वित्तीय संस्थाले पनि १० लाखभन्दा बढीको चेक रकमको भुक्तानी गर्ने छैनन् । कसैले १० लाख रुपैयाँको चेक काटेमा त्यसले नगदमा पैसा पाउदैन । सो रकम बैंकमा जम्मा गर्नुपर्छ ।

अन्य कारोबारमा पनि १० लाखभन्दा बढीको रकम नगदमा गर्न पाइने छैन ।

सरकारले सम्पत्ती शुद्धिकरण निवारण ऐन अनुसार सो व्यवस्था लागु गरेको हो । यो व्यवस्था साउन १ देखि लागु हुने छ ।

बैंकमा निक्षेप राख्न भने यो व्यवस्था लागु हुँदैन । बैैंकबाट पैसा निकाल्न भने लागु हुन्छ ।


क्लिकमान्डु