एनआईबिएलको चुक्तापुँजी ९ अर्ब २४ करोड, बिहिबारबाट एससँग एकिकृत कारोवार



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्तिगरी भोलि (बिहिबार)देखि नेपालइन्भेष्टमेण्ट बैंकको नाममाबाट संयुक्त कारोबार सुरु गर्ने भएको छ ।

यी दुइ संस्थाको स्वाप खरिद रेसियो १०० बराबर ४१ कायम गरिएको छ । दुइ संस्था मर्जरपछि एनआईबिएलको चुक्तापूँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ७८ करोड चुक्तापूँजी रहेको थियो भने एस डेभलपमेन्ट प्राप्तिबाट ४६ करोड थपिएको हो । निजी क्षेत्रले लगानी गरेको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बनेको छ ।

एसको प्राप्तिपछि पनि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहने छ भने, एनआईबिएलको दरबारमार्ग स्थित कार्यालय नै प्रधान कार्यालय हुने छ ।

प्राप्तिपछि एनआईबिएलको कुल निक्षेप १ सय २४ अर्ब र कूलकर्जा १ सय ७ अर्ब पुगेको छ ।शाखा संख्या ६१ भएको छ । एटिएम संख्या ९८ पुगेको छ ।


क्लिकमान्डु