एनआईसी एशियामा खाता खोल्नुहोस्,बचत खातामा ९ प्रतिशत ब्याजदर पाउनुहोस्



काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा अहिलेसम्मकै उच्च ब्याजदर दिने प्रस्ताव गरेको छ ।

बैंकले समुन्नती बचत खाता बैंकसँग समृद्धिको नाता अभियान अन्तर्गत ९ प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको हो ।

बैंकले बचत खातामा अहिलेसम्मकै बढी ब्याजदर दिएको दाबी गरेको छ ।

राष्ट्र बैंकले अहिले कल खाता र बचत खाताको ब्याजदर समान बनाउनुपर्ने नीति लिएपछि बचत खातामा ब्याजदर बढ्दै गएको छ ।

मुद्दती निक्षेप निश्चित अवधीको लागि राख्ने गरिन्छ । बचतमा भने जतिबेला पनि रकम राख्न र झिक्न सकिने सुविधा हुन्छ ।


क्लिकमान्डु