भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने



काठमाडौं । भारतबाट नेपालमा आउने सामानमा बस्तु तथा सेवा कर(जिएसटी) नलाग्ने भएको छ ।

भारत सरकारले गत जुलाई १ देखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो । जिएसटीमा अमेरिकी डलरमा भारतले निर्यात गर्ने वस्तुमा जिएसटी नलाग्ने उल्लेख थियो ।

नेपालले भारतबाट भारतीय रुपैयाँ तिरेर सामान आयात गर्ने हुँदा केही अन्यौलता कायम थियो । जसको कारण नेपाल आउने कन्टेनर भारतमा रोकिएका थिए ।

जिएसटीको विषयमा अन्यौलता हटाउन वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा एउटा टोली भारत गएको थियो । टोली जिएसटीको विषयमा भारतीय पक्षसँग कुरा गरेको थियो । भारतबाट नेपाल आउने सामानमा जिएसटी नलाग्ने सैजुले जानकारी दिए ।

‘ भारतबाट नेपाल आउने सामान डलरमा खरिद नभएपनि जिएसटी नलाग्ने विषयमा सहमति भएको छ’,सैजुले दिल्लीबाट क्लिकमाण्डुसँग टेलिफोन सम्पर्कमा भने,‘भारतीय पक्षले नेपालमा आउने सामानमा जिएसटी नलाग्ने निर्णण जिएसटी काउन्सिलबाट गर्ने बताएको छ।’

उनले भारतले तेस्रो मुलुकबाट नेपाल आउने सामानमा पनि जिएसटी नलाग्ने जानकारी गराएको बताए ।

नेपालबाट भारत जाने सामानमा भने जुन बस्तुमा भारतमा बस्तुमा जिएसटी लाग्छ त्यसमा लाग्ने र नलाग्ने वस्तुमा जिएसटी नलाग्ने निर्णय भएको जानकारी दिए । भारतले कृषिजन्य वस्तुमा जिएसटी नलागने निर्णय गरेको छ ।

भारतबाट नेपालमा विभिन्न खालका सेवाहरु प्रयोग भएका छन् । भारतले डलरमा भुक्तानी हुने सेवामा मात्र जिएसटी नलाग्ने भनेकोमा नेपालको हकपनि जिएसटी नलाग्ने आश्वासन दिएको छ ।

केही दिन अगाडि नेपाल आउन लागेका सामानमा भारतीय भन्सारले जिएसटी लगाएकोमा त्यो रकम फिर्ता गरिदिने निर्णय भारतीय पक्षले गरेको जानकारी सैजुले दिए ।

 


क्लिकमान्डु