एनएमबि बैंकको भिजा कार्ड प्रयोग गर्दा थाइल्याण्डको समितिभेज अस्पतालमा छुट पाइने



काठमाडौं । एनएमबि बैंकको अन्र्तराष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले अब थाइल्यान्डको बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशतको (५%)े छुट पाउने भएका छन् ।

बैंकले समितिभेज अस्पतालका नेपाल स्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रालि सँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको हो ।

यस सम्झौता बमोजिम एनएमबि बैंकका अन्र्तराष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले स्पिडवे फ्रेईट सर्भिसेज  बाट अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिती मिलाउनको साथै उपचार खर्चमा समेत ५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुलाई लाभान्वीत हुने गरि केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।


क्लिकमान्डु