बिकास बैंकलाई फूलफेज बैंकिङको अधिकार




काठमाडौं । नेपाल राष्ट्र बैंकले बिकास बैंकहरुलाई अबदेखि फूलफेज बैंकिङको अधिकार दिएको छ । आगामी आर्थिक बर्षको लागि ल्याइएको मौद्रिक नीतिले बिकास बैंकलाई गर्न नदिएको एलसीको कारोबार पनि खुल्ला गरेको हो ।

नयाँ मौद्रिक नीतिमा विकास बैंकलाई एलसीको कारोबार गर्न पाउने नीतिगत ब्यवस्था गरिएको छ ।

यस्तै बिकास बैंकको कार्यक्षेत्रका विषयमा पनि राष्ट्र बैंकले नयाँ ब्यवस्था गर्न लागेको छ । यसअघि १ जिल्ला, ३ जिल्ला, १० जिल्ला र राष्ट्रियस्तरका विकास बैंक रहने गरेकोमा अबदेखि राज्यको संघीय संरचना अनुसारको कार्यक्षेत्र तोकिने भएको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले आइतबार (आज) सार्बजनिक गरेका आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा यस्तो ब्यवस्था छ ।


क्लिकमान्डु