व्यक्तिगत निक्षेपकर्तालाई थप फाइदा



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नेलाई थप फाइदा हुने भएको छ ।

राष्ट्र बैंकले निक्षेपमा संस्थागत निक्षेपकर्ताको हिस्सा कम गर्ने नीति अनुसार कुल निक्षेपमा ४५ प्रतिशत मात्र संस्थागत निक्षेप लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले अघिल्लो वर्ष संस्थागत निक्षेपको सीमालाई ५० प्रतिशतमा झारेको थियो । यो वर्ष थप ५ प्रतिशत घटाएर ४५ प्रतिशतमा पुर्याएको छ ।


क्लिकमान्डु