गाउँमा २५ सय खाता खोल्ने बैंकलाई १ करोड निर्ब्याजी ऋण




काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले खाता खोलेको आधारमा एक बर्षको लागि निर्ब्याजी ऋण दिने भएको छ । राष्ट्र बैंकले आइतबार (आज) सार्बजनिक गरेको मौद्रिक नीतिमा यस्तो ब्यवस्था गरिएको हो ।

मौद्रिक नीतिमा गरिएको ब्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले गाउमा २५ सय खाता खोलेमा त्यस्तो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट १ करोड रुपैयाँसम्म एक बर्षको लागि निर्ब्याजी ऋण पाउने छन् ।

यसरी अनुदान लिनको लागि राष्ट्र बैंकले केही आधार भने तोकेको छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा अर्थात बैंकिङ पहुच नपुगेको दुर्गम क्षेत्रमा खाता खोलाए वापत बैंक तथा वित्तीय संस्थाले यस्तो अनुदान पाउने हुन् । (निर्ब्याजी ऋण हुनुपर्नेमा  यसअघि अनुदान भएकोमा सच्याइएको छ ।)


क्लिकमान्डु