उत्तरी ध्रुबीय क्षेत्रबाट तेल उत्खननमाथि प्रतिबन्ध लगाउन जरुरी



३५ वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो ।

तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छ ः यस वर्षको मार्च महिनामा यहाँ हिउँको थुप्रो सर्वाधिक सानो आकृतिमा रुपान्तरित भएको छ ।

ध्रुवीय हिउँ गायब हुनुमा विश्व तापमान वृद्धिको प्रमुख कारक र प्रभाव मानिएको खनिज इन्धनको बढ्दो प्रयोग नै हो । साथै, यहाँ खनिज इन्धन तेलदेखि सामुद्रिक जहाजमा अति निर्भरताले सङ्कट निम्त्याएको छ । खनिज तेलको उत्खनन् सस्तो छ र व्यापक मात्रामा उपलब्ध छ, तर यो निकै विशाक्त र फोहोरयुक्त छ । ठूला जहाजहरु ध्रुवीय क्षेत्रमा ओहोरदोहोर गर्दा त्यसबाट उत्पन्न हुने सल्फर अक्साइड र कार्बनजस्ता हानिकारक तत्वहरु हिउँमा मिसिन्छन् । यी घातक प्रदुषकहरु जम्मा हुँदै जाँदा त्यसबाट हिउँ पग्लने क्रम बढ्छ, जसले समुद्रको पानीलाई तताउँछ र बदलामा त्यसले हिउँ पग्लाईलाई स्वाभाविकरुपमा तीव्रता दिन्छ ।

यी प्रवृत्तिलाई उल्ट्याउन विश्वसामु अहिले एउटा अवसर छ । अन्तरराष्ट्रिय सामुद्रिक सङ्गठन (आइएमओ)को सामुद्रिक वातावरण संरक्षण समितिको बैठक बेलायतको लन्डनमा आयोजना हुँदैछ । यस बैठकमा, उत्तर ध्रुवीय र गैर ध्रुवीय सदस्य राष्ट्रहरु सँगसँगै क्यानडाले ध्रुवीय क्षेत्रमा जहाजबाट इन्धनको ढुवानी गर्न र प्रयोगमा सीमित तुल्याउने गरी रणनीति प्रस्ताव गर्दैछ । सहभागी सबै मुलुकले यस नाजुक र तीव्र गतिमा बिनाश भइरहेको धु्रवीय पर्यावरणको संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपायमा समर्थन गर्नु बुद्धिमानी हुनेछ ।

ध्रुवीय हिउँ पग्लिएर कमी हुँदै गएमा ठुलाठूला जहाजका लागि बाटो खुल्दै जान्छ, विभिन्न देशका झन्डा बोकेका जहाजहरु जताततै देखिनेछन्, र यस्तो अवस्थामा खनिज इन्धनयुक्त जहाजको प्रयोगको नियमन अझ आवश्यक हुनेछ ।

खनिज तेल सन् १९६० को दशकदेखि नै ‘सामुद्रिक इन्धनको राजा’ का रुपमा स्थापित छ, तर हालका वर्षमा मात्र यसमाथि निगरानी सुरु भएको हो । अगष्ट २०११ मा, दक्षिण धु्रवीय क्षेत्रमा ठुल्ठूला जहाजमाथि प्रतिबन्ध लगाइएको थियो, तर उत्तर ध्रुवीय मुलुकहरु यसप्रति अनुदार पाइएको छ । सन् २०१५ मा ध्रुवीय क्षेत्रमा सञ्चालित जहाजहरुले झन्डै ६० प्रतिशत खनिज तेल खपत गरेका थिए ।

आर्थिक दृष्टिकोणबाट खनिज इन्धनले निकै लोकप्रियता हासिल गरेको छ, तर यसले पर्यावरणीय र मानवमाथि सिर्जना गर्ने दुस्परिणाम निकै भयावह रहेकोमा धेरैजसो सहमत भएको अवस्था छ, र लाभभन्दा हानि बढी भइरहेको उनीहरुको ठम्याइ छ । खनिज तेल जहाजबाट चुहिएर चिसो पानीमा मिसिए हिउँका ढिक्काहरु चाँडो फुट्छन् र त्यसबाट पर्यावरण एवम् त्यसमा आश्रित व्यक्तिको जीविकोपार्जनलाई तहसनहस गर्दछ । खनिज तेल आफैमा वायू प्रदूषणको महत्वपूर्ण स्रोत पनि हो । उदाहरणका लागि, कार्बनबाट सिर्जित वातावरणीय तातोपनको असर तल्लो अक्षांशको तुलनामा उत्तरी ध्रुवीय क्षेत्रमा पाँच गुणा बढी खराब असर पुगेको हुन्छ ।

जहाजमार्फत ढुवानीमा प्रयोग हुने इन्धनको विकल्प पनि उपलब्ध छ । उदाहरणका लागि सामुद्रिक डिजेल, तरलीकृत प्राकृतिक ग्यास खनिज तेलभन्दा लागत प्रभावी र स्वच्छ पनि छन् । कम प्रदूषक विकल्पहरु रोज्नका निम्ति अहिले राजनैतिक इच्छाशक्ति पनि आवश्यक छ । अहिलेका निम्ति दक्षिणी समुद्र र नर्वेको वरिपरिको क्षेत्रमा प्रयोगमा ल्याइए झैं खनिज इन्धनमाथि सीमित प्रतिबन्ध मात्र लगाउन सकिने देखिन्छ । ध्रुवीय हिउँ पग्लिएर कमी हुँदै गएमा ठुलाठूला जहाजका लागि बाटो खुल्दै जान्छ, विभिन्न देशका झन्डा बोकेका जहाजहरु जताततै देखिनेछन्, र यस्तो अवस्थामा खनिज इन्धनयुक्त जहाजको प्रयोगको नियमन अझ आवश्यक हुनेछ । आर्कटिक परिषद्ले जहाजहरुको बढीभन्दा बढी ओहोरदोहोरले तेल चुहिएर भयानक दुर्घटना हुनसक्ने खतराका बारेमा चेतावनी दिइआएको छ ।

कतिपय मुलुकले पहिल्यै केही सावधानी अपनाउन थालिसकेका छन् । सन् २०१६ मा संयुक्तराज्य अमेरिका र क्यानडाले ध्रुवीय क्षेत्रमा सञ्चालन हुने जहाजमा खनिज इन्धनको प्रयोगलाई बिस्तारै न्यूनीकरण गर्ने घोषणा गरिसकेका छन् । धेरै अन्य राष्ट्रले यो कार्यमा चुपचाप समर्थन जनाएका छन् । तर त्यस्तो निस्कृय समर्थन पर्याप्त भने छैन । अहिले, आइएमओको बैठक बस्दैछ र धेरैभन्दा धेरै मुलुकले अग्रसरता देखाउनु पर्दछ र आवाज उठाउनुपर्दछ । युरोपेली संसद्ले यसअघि नै यो प्रस्तावलाई समर्थन जनाइसकेको छ ।

उत्तरी ध्रुवीय क्षेत्रमा खनिज इन्धन प्रयोगलाई विस्तारै कम गर्दै लैजाने तत्परता बढ्दो छ । डेनिस सिपअनर्स एसोसिएसन र आर्कटिक एक्स्पीडीसन क्रुज अपरेटर हर्टीग्रटेनले कडा नियमन ल्याउन वा पूर्णप्रतिबन्ध लगाउन आग्रह गरिसकेका छन् । अरु सिपिङ कम्पनीहरुले पनि नियमनको आवश्यकता रहेको जनाएका छन् ।

जनवरी २०१७ मा आर्कटिक प्रतिबद्धता जारी गर्न सफा आर्कटिक एलायन्समा हर्टीग्रटेन सहभागी भएको थियो । यो अभियानले अरु सिपिङ अपरेटर, ध्रुवीय अनुसन्धाता, गैसस, समुदाय र व्यवसायीहरुलाई खनिज तेललाई बिस्तारै हटाउने गरी समर्थन जुटाउन सहयोग गरेको छ, र ध्रुवीय क्षेत्रमा थप सिपिङ अभियानलाई रोक्न यो कार्यले मद्दत गरेको छ, र कतिपय अवस्थामा बैकल्पिक इन्धनमा रुपान्तरित हुन उत्प्रेरित गरेको छ ।

सामुद्रिक वातावरण संरक्षण समितिको बैठकमा आइएमओका सदस्य राष्ट्रले क्यानडाले खनिज तेलको प्रयोगलाई विस्तारै कटौती गर्ने प्रस्तावलाई थप समर्थन गरी प्रगति हासिल गर्नु उपयुक्त हुन्छ । खासगरी, उनीहरुले आइएमओका उपायका कारण सिर्जित कुनै पनि पक्षको कार्यान्वयनमा प्रतिवद्धता जनाउनुपर्दछ, र खनिज तेलको प्रयोगलाई उत्तर ध्रुवीय क्षेत्रबाट प्रतिबन्ध लगाउने सुनिश्चित गर्नु पर्दछ ।

रानुल्फ फिनेस अङ्ग्रेज खोजकर्ता र लेखक हुन् । अगस्ट १९८२ मा रानुल्फ र अर्का खोजकर्ता चाल्र्स बर्टनले पहिलो पटक पृथ्वीको धु्रवीय क्षेत्रलाई फन्को लगाएका थिए ।   रासस


क्लिकमान्डु