भ्याटको चर्चामा रुमलिएको बजारमा नेप्से र कारोबार दुबैमा सुधार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.७८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से सूचक र कारोबार दुबै बढेको हो । आज नेप्से सुचक १५५१ अंकमा पुगेर बन्द भएको छ ।
आज कारोबार रकम भने ४८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बुधबार बीमा समूहको परिसूचक ५० अंकले बढेको छ भने, हाइड्रोपावर, डेभलपमेन्ट बैंक, बैंकिङ , फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः २०, १४, ९, २ र ०.८६ अंकले बढेको छ।
सबै सचकहरु बढ्दा होटल र उत्पादनमूलक समूहको परिसूचक भने ६ र ३ अंकले घटेका छन् ।
आज सबैभनदा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भयो भने, सबैभनदा बढी कमाउने कम्पनी रुलर माइक्रोफाइनान्स कम्पनी (आरएमडीसी) भयो ।


क्लिकमान्डु