चेक क्लियरिङको शुल्क घट्यो



काठमाडौं । नेपालक्लियरिङ्ग हाउसलिमिटेडले प्रदानगर्दै आएको अन्तरबैंक विद्युतीयभुक्तानीप्रणाली –एनसिएचएल आईपिएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्कलाई घटाएको छ ।

साउन १ देखि लागु हुनेगरी शुल्क घटाएको हो ।

पश्चात् क्लियरिङ्ग हाउसले आफ्नो कारोबारमा शुल्कको सिमा आधारमा २ रुपैयाँ १५ सम्म कायम गरेको छ ।

विदेशी मुद्रा कारोबारको हकमा कारोबार शुल्क  १५ रुपैयाँ राखिएको छ ।

अहिले २ रुपैयाँ देखि एक सय रुपैयाँसम्म शुल्क रहेको थियो ।

कम्पनीको नया“ व्यवस्था अनुसार नेपाली मुद्राको कारोबार सिमा ५०० सम्म शुल्क २ रुपैयाँ, ५ सय देखि देखि ५ हजारसम्म शुल्क ५ रुपैयाँ  छ ।

यस्तै ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ र ५० हजार माथिको कारोबार १५ रुपैयाँ शुल्क लाग्ने छ ।

 


क्लिकमान्डु