जथाभावी पार्किङ गर्ने २७ वटा मोटरसाइकल महानगरको कारबाहीमा



काठमाडौं । काठमाडौं महानगरपालिकाको कारबाहिमा आज २७ वटा दुई पाङ्गे्र सवारी साधन परेका छन् । महानगरले सडकमा अव्यवस्थित पार्किङ गरिएका २७ वटा दुई पाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो ।

अनाधिकृत रुपमा सडकमा जथाभावी पार्किङ गरिएका २७ वटा दुई पाङ्ग्रे सवारी साधनलाई कारबाहि गरिएको महानगरका प्रहरी नायव उपनिरीक्षक विष्णु जोशीले जानकारी दिए ।

महानगरले जरिवाना स्वरुप प्रत्यक सवारी साधनबाट १ हजार रुपैयाँ उठाउने गरेको छ । आज महानगरले जरिवानबाट २७ हजार रुपैयाँ उठाएको छ ।

महानगरले नियमित दुई वटा गाडीका माध्यमबाट जथाभावी पार्किङ गरिएका सवारी साधन नियन्त्रणमा लिने गरेको छ ।

 


पुष्प दुलाल