ज्योति विकास बैंकको ३२ लाख कित्ता सेयर लिलामी भोलीबाट



काठमाडौं । ज्योति विकास बैंकको सर्बसाधारण र संस्थापक सेयर लिलामी भोली असार २१ गतेबाट सुरु हुने भएको छ ।

बैंकले दिएको हकप्रद सेयरमा आबेदन नपरेको २८ लाख १२ हजार ३ सय ३६ कित्ता संस्थापक सेयर र ५ लाख ६५ हजार १ सय ७१ कित्ता सर्बसाधारण समुहको सेयर लिलाम बिक्री गर्न लागेको हो ।

सेयर लिलामीमा सहभागि हुन चाहने लगानीकर्ताले असार २८ गते भित्र सिद्धार्थ क्यापिटलबाट १०० रुपैयाँ तिरी आबेदन फारममा आफुले लिन चाहेको सेयर संख्या र बोली लगाउन चाहेको मुल्यभरी गोप्य शिलबन्दीगरी फाराम भर्न सक्ने छन् ।


क्लिकमान्डु