मौद्रिक नीति आउनै लाग्दा गभर्नरले किन उठाए फेरि पुँजी बृद्धिको विषय ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाको चुक्ता अझै बृद्धि गर्नुपर्ने बताएका छन् ।

देशको आर्थिक गतिबिधि बढेका कारण अर्थतन्त्रमा ठूलो रकमको परिचालन हुने भन्दै उनले अर्थतन्त्रको आकारसँगै बैंकको चुक्ता पुँजी बढाउनु पर्ने बताएका हुन् ।

महालक्ष्मी बैंक र यति डेभलपमेन्ट बैंकको मर्जर पछिको एकिकृत कारोबार सुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

देश संघीय संरचनामा गइसकेको र स्थानीय तहका कारण बिकास विकेन्द्रीकरण भएर तल्लो तहसम्म आर्थिक गतिबिधि बढ्ने भन्दै उनले त्यसैको आधारमा बैंकहरुको चुक्ता पुँजी बढ्नु पर्ने धारणा राखेका हुन् ।

नेपाल राष्ट्र बैंकले २ बर्ष अगाडि चुक्ता पुँजी बढाउने नीति लिएको थियो । सो नीति अनुसार आगामी असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्छ । पुँजी बृद्धिका लागि राष्ट्र बैंकले दिएको समय सीमा सकिनै लागेका बेलामा गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले २ बर्ष अगाडि मौद्रिक नीति मार्फत पुँजी बृद्धिको योजना ल्याएको थियो । अहिले पनि आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा राष्ट्र बैंक छ ।


क्लिकमान्डु