एभरेष्ट बैंकको हकप्रद आजदेखि




काठमाडौं । एभरेष्ट बैंकले ३३.३३ प्रतिशत हकप्रद आज देखि (असार १८ गते) बिक्रीका लागि खुल्ला गरेको छ । सेयरधनीले आगामी साउन ३१ गतेसम्म हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

बैंकले हालको चुक्ता पुँजीको ३३.३३ प्रतिशतको हिसाबले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रदका लागि गत असार ७ गते बुकक्लोज मिति तय गरेको थियो । यसको मतलब असार ६ गतेसम्म बैंकको सेयर खरिद गरेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

हकप्रदको ब्यवस्थापन एनआइबिएल क्यापिटलले गर्ने भएको छ ।
सेयरधनीले एनआइबिएल क्यापिटलको लाजिम्पाट स्थित कार्यालय र एभरेष्ट बैंकका शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद पश्चात बैंकको चुक्ता पुँजी ६.०३ अर्ब रपैंयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन बैंकले थप ३२.५० प्रतिशतले पुँजी बढाउनुपर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।

 


पुष्प दुलाल