नेटवर्किङ व्यवसाय गर्दै हुनुहुन्छ ? ५ वर्ष जेल परिएला नि



काठमाडौं । पिरामिड शैलीमा (नेटवर्किङ) व्यवसाय प्रवद्र्धन गरी सर्वसाधारणलाई ठगि गरेमा अव पाँच वर्ष जेल जानुपर्ने भएको छ । यस्ता ठगीका घटना बढेको भन्दै सरकारले व्यवसाय प्रतिबन्धसहित कडा कानुन लगाउने विधेयक संसदमा दर्ता गरेको छ ।

नेवर्किङ व्यवसायलाई कानूनीरुपमा अवैध घोषित गर्दै सरकारले छुट्टै कानुनी व्यवस्था अनुसार कारबाहीको समेत प्रस्ताव गरिएको छ । अहिले यस्ता कसुरमा ठगीअन्तर्गत मुद्दा चलाई कारबाही गरिदैं आएको छ ।

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्था गर्न विधेयक संसद्मा दर्ता गर्दै सरकारले नेटवर्किङ व्यवसाय कानुनी रुपमा प्रतिवन्ध लगाउन प्रस्ताव गरेको हो ।

अघिल्लो महिनमात्र क्युनेट नामक संस्थाले पिरामिड शैलीको व्यवसाय अभियोगमा संस्थामा आबद्ध १ सय २ जनलाई प्रहरीले पक्राउ गरेको थियो । केही वर्षअघि युनिटी इन्टरनेसनलका संचालकलाई पक्राउ गरी कानुनी कारबाहीसमेत भइसकेको छ ।

बिगो खुलेको हकमा कसुरदारलाई बिगोबमोजिमको जरिवान र बिगो नखुले एक लाख रुपैयाँदेखि पाँच लाखसम्म जरिवनाको प्रस्ताव विधेयकमा छ ।

बाणिज्य विभागबाट व्यवसाय र कारोबारको इजाजतपत्र प्राप्त गर्नेले बस्तुको बिक्रीमा बिक्रीपूर्व अनिवार्य सम्झौताको व्यवस्था गरिएको छ । सम्झौता नगरी कारोबार गरेमा पनि कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।


पुष्प दुलाल