नारायणगढ–मुग्लिन सडक खण्ड ३४ घण्टापछि खुल्यो



काठमाडौं । काठमाडौंको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्ड ३४ घण्टापछि खुलेको छ । शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ३४ घण्टासम्म बन्द भएको थियो ।

गत शुक्रबारदेखि यस सडक खण्डमा पहिरोका कारण ७० घण्टाभन्दा धेरै बाटो बन्द भईसकेको छ । जसका कारण यात्रुहरुले निकै कष्ठ व्यहोर्नु परेको छ । अहिले पहिरो हटाएर यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ ।


पुष्प दुलाल