छ्याङ्दी हाइड्रोको सेयर बाँडफाँड



काठमाडौं । छ्याङ्दी हाइड्रोले जारी गरेको साधारण सेयर(आइपिओ) बाँडफाँड भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि ५ लाख ४० हजार कित्ता साधारण सेयर  निष्कासन गरेको थियो । कम्पनीमा आवेदन गर्नेले अधित्तम ३४ कित्ता पाएका छन् । कम्पनीमा ७ सय १० कित्तासम्म आवेदन गर्नेले १० कित्तासम्म सेयर पाएका छन् । यस्तै ७ सय १० कित्ता भन्दा माथि २७०० कित्तासम्म सेयर आवेदन गरेकाले मागको १.२४ प्रतिशत सेयर पाएका छन् ।

५० हजार रुपैयासम्मका लागि लागि ७९ हजार १३ जनाले सेयर आवेदन गरेकोमा गोलाप्रथाबाट २० हजार ४९३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । त्यसै गरी ५० हजार देखि ७१ हजार रुपैंयासम्मका आवेदकले पनि गोलाप्रथाबाट १० कित्ता मात्र सेयर पाएका छन् ।

कम्पनीको साधारण सेयरमा कुल ९२ हजार ३८५ वटा आवेदन परेकोमा ६८८ वटा आवेदन रद्ध भएका छन् । बाँकी रहेका ९१ हजार ६९७ आवेदकलाई मात्र सेयर बाँडफाँडमा सहभागि गराइएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लवोबल आईएमई क्यापिटलले जनाएको छ ।  (कति कित्ता पर्यो हेर्न यहाँ क्लिक गर्नुहोस्)


क्लिकमान्डु