सेयर दलालले भने- आइतबारदेखि सेयर कारोबार खुलाउँछौं



काठमाडौं । स्टक ब्रोक्रर एशोसियनले आइतबारदेखि सेयर कारोबार खुल्ने जनाएको छ ।

एशोसियनले विज्ञप्ती जारी गर्दै सेयर ब्रोक्रर कमिसनमा लाग्ने मुल्य अभिबृद्धि कर(भ्याट)को विषयमा अर्थमन्त्रालयसँग सहमति भएको भन्दै आइतबारदेखि कारोबार खुल्ने बताएको हो ।

करदाता कार्यालयबाट भ्याट लगाउन पत्र आएपछि बिहीवार सेयर कारोबार भएको थिएन । शुक्रवार साझ अर्थमन्त्रीसँग भेटेपछि सेयर बोक्ररहरु आइतबार कारोबार खुलाउन सहमत भएर फर्केका थिए ।


क्लिकमान्डु