भारतमा आजदेखि जिएसटी लागु



काठमाडौं । भारतले स्वतन्त्रतापछिको कर प्रणालीमा ठूलो सुधार गरेको छ । जुलाई १ आज देखि लागु भएको वस्तु तथा सेवा कर(जिएसटी) कार्यान्वयनमा ल्याएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिएसटीले भारतको आर्थिक एकीकरण गरेको बताए । संसद्मा आयोजित विशेष कार्यक्रम मार्फत राती १२ बजेदेखि भारतमा जिएसटी लागु भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी,वित्तमन्त्री अरुण जेट्ली लगायतका उच्च नेताहरु सहभागि थिए ।

‘कालो धन नियन्त्रणमा जिएसटी सहयोगी हुने छ’,भारतीय प्रधानमन्त्रस् मोदीले भने,‘ इमान्दार तरिकाले व्यवसाय गर्नेलाई असर पर्ने छैन।’

भारतले विभिन्न वस्तु तथा सेवामा ५,१२,१८ र २८ प्रतिशत कर तोकिएको छ । तरकारीमा जिएसटी लागु हुने छैन । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)का प्रमुख क्रिष्टिना लेगार्डले भारतको अर्थतन्त्रमा जिएसटी ठूलो सुधार भएको टिप्पणी गरेकी छन् । २ खर्ब अमेरिकी डलरको भारतीय अर्थतन्त्रको यसले राज्य अनुसारको फरक करलाई धेरै मात्रामा हटाएको छ ।

नेपालमा भने जिएसटीको प्रभाव मिश्रित पर्ने छ । दुई तिहाई व्यापार भारतसँग भएको हुँँदा यसको प्रभाव स्वभाविक पर्छ । भारतले निर्यात गर्ने वस्तुमा जिएसटी लगाउने छैन । भारतीय बजारमा किनमेल गर्न जाँदा नेपाली उपभोक्तालाई महंगो पर्ने छ ।ऐजेन्सी

 


क्लिकमान्डु