एक महिनामा २५ अर्बले निक्षेप र ११ अर्बले कर्जा बढ्यो



काठमाडौं । एक महिनाको अवधीमा बैंकमा २५ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

वाणिज्य बैंकसँग गत शुक्रबारसम्ममा १९ खर्ब ७९ अर्ब निक्षेप रहेको छ । कर्जा लगानी भने कर्जा प्रवाह भने १६ खर्ब ७५ अर्ब छ । स्वदेशी मुद्रामा बैंकसँग १८ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
एक महिना अगाडि १८ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप थियो भने १६ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो ।

स्वदेशी मुद्रामा हुने निक्षेप एक महिनाको अवधीमा २८ अर्ब रुपैयाँले बढेको छ । यसले असार मसान्त लागेसँगै बैंकमा तरलता समस्या केही सहज हुने देखिन्छ । असार मसान्त नजिक आउँदै गर्दा सरकारी खर्चपनि बढ्न थालेको छ । जसको प्रभाव बैंकको निक्षेपमा देखिएको थियो । असार लागेसँगै बैंकहरुले आक्रामक रुपमा निक्षेप उठाउन केही कम गरेका छन् ।


क्लिकमान्डु